
<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">नायिका आना शर्मा तथा नायक आशिरमान देशराज श्रेष्ठ स्टारर चलचित्र ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक अबला बोलको आइटम गीतमा सृष्टि कार्कीको ठुम्का देख्न सकिन्छ्। बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ । गीतमा सृष्टिको डान्सको साथै आशिरमाज देशराज श्रेष्ठको ग्याङस्टार रुप पनि देख्न सकिन्छ । </p><p style="text-align: justify; ">यसअघि होस्टेल, जेरी,गाजलु निर्देशन गरिसकेका हेमराज बीसीले चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा आना ,आशिरमान का साथै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय रहेको छ । चलचित्र भदौ २ गतेबाट प्रर्दशनमा आउँदैछ। </p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/2-z-yOP8gwY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>