साउन, काठमाडौं ।

यहि आउदो भदौ २३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘२ रुपैयाँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज अगावै चलचित्रमा समावेश 'कुटुमा कुटु' बोलको गीत हिट छ । साथै चलचित्रको 'टल्क्यो जवानी' बोलको गीत पनि सार्वजनिक भइसकेको छ ।

ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । चलचित्रमा निश्चलले 'जुरेली' र अशिफले 'दाह्री'को भूमिका निर्वाहा गरेका छन् । ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो चलचित्रमा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।

Trailer: