
<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">चर्चितगीत 'कुटुमा कुटु'बाटै दर्शकहरुको राम्रो साथ पाइरहेको चलचित्र 'दुई रुपैया'को ट्रेलर सार्वजनिक भइसकेको छ। चलचित्र ट्रेलर रिलिज संगै यसले पनि गीतले कमाएको चर्चा मा फेरि उत्कृष्टता थपेको छ। विहिवार रिलिज भएको ट्रेलर यतिवेला युट्युब ट्रेन्डिङमा दोस्रो स्थानमा पर्न सफल भएको छ। चलचित्रको ट्रेलर रिलिज भएको २४ घण्टा नबित्दै ५ लाख बढी दर्शकले हेरेका थिए। हामीले यो समाचार तयार पार्दा सम्म ट्रेलरलाई सात लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। र चलचित्रको ट्रेलर यतिवेला युट्यु्बमा नेपालमा कम समयमानै धेरै पटक हेरिने भिडियोको दोस्रो स्थानमा परेको छ। केही समय अघि रिलिज भएको कुटुमा कुटु बोलको गीत बाटै दर्शकहरुमा कौतुहलता थप्दै आएको चलचित्रले ट्रेलर रिलिज पछि पनि निकैनै चर्चा कमाइरहेको छ। </p><p style="text-align: justify; ">ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो चलचित्रमा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । </p>