‘लस्ट एण्ड फाउण्ड’ लाई बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन अवार्ड

साउन, काठमाडौं ।

थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड जितेको छ । थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्यबनाउने उदेश्यले हरेक बर्ष आयोजनागर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा चलचित्रहरु प्रतिस्पर्धामा थिए । विश्व भरिकाफिल्म स्कुल र कलेजहरुबाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कार ईन्टरनेश्नल कलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एक वटा गरी ४ वटा फिल्म प्रतिष्पर्धामा गएका थिए । जसमा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र ‘लस्ट एण्ड फाउण्ड’ लेउक्त अवार्ड हातपार्न सफल भएको हो ।

यही जुलाई २७ तारिखको दिन थाईल्याण्डको बैँकक शहरमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जितेको थियो । उक्त अवार्डमा थाईल्याण्डका पर्यटन मन्त्रि, शैनिक प्रमुख तथा थाइल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका प्रख्यात चलचित्रकर्मीहरुको उपस्थिती थियो ।