रिमाल सम्मानित

साउन, काठमाडौं ।

रेडियो नेपालका प्रथम गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल ‘भक्तराज आचार्यलाई राष्ट्रिय संगीत सम्मान २०७४’ बाट सम्मान गरिएको छ । शुक्रबार भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै रिमाल लाई सम्मान गरेको हो । रिमालले गीत संगीतमा पुर्याएको योगदानको कदर ५० हजार १ रुपैयाँ नगद राशी सहितको यो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा बरिष्ठ संगीतकार कलाभुषण चन्द्रराज शर्मालाई ‘भक्तराज आचार्य अन्तर्रा्ष्ट्रिय संगीत पुरस्कार २०७४’ अर्पण गरियो । ५० हजार १ रुपिया नगद राशी सहितको यो पुरस्कार उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका कारणले प्राप्त गरेका छन् ।

दुबै सम्मान भजन शिरोमणि भक्तराज आचार्यले प्रदान गरेका थिए । गीत संगीत क्षेत्रका थुप्रै कलाकर्मीको उपस्थिति रहेको कार्यक्रममा भक्तराजका छोरा गायक स्वरुपराज आचार्यले गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तिहरुको सम्मानका लागि भक्तराज आचार्य संगीत प्रतिष्ठान गठन भएको बताए । उनले प्रत्येक वर्ष यसैगरी गीतसंगीतको महारथीलाई प्रतिष्ठानले सम्मान गर्ने योजना बनाएको बताए ।