सुन्नुहोस् रेखाको ‘रुद्रप्रिया’को गीत ‘मेरो माया छ भने …’

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>नायिका रेखा थापा को प्रतिक्षित चलचित्र 'रुद्रप्रिया'को गीत सार्वजनिक भएको छ। &nbsp;चलचित्रमा रहेको 'मेरो माया छ भने रुमाल चिनो देउ…' बोलको गीतको हालै अडियो सार्वजनिक गरिएको हो। यस रोमान्टिक गीतमा राजनराज शिवाकोटी र मेलिना राईको आवाज रहेको छ। साथै कोरशमा राजनराज शिवाकोटीकी छोरी गृष्मा शिवाकोटीको स्वर पनि सुन्न सकिन्छ। गीतमा राजनराजकै संगीत रहेको छ। &nbsp;</p><p>रेखा र आर्यन करिब ८ वर्षपछि एक साथ देखिन लागेकाले पनि यो चलचित्र निकैनै प्रतिक्षित बनेको छ। चलचित्र कार्तिक २ गते लक्ष्मिपुजाको दिनबाट प्रर्दशनमा आउँदैछ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/U8X2bEQUHKA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>