साउन, काठमाडौं

शास्त्रीय शैलीका गजलहरुका लागि चर्चा कमाइरहेका गायक थानेश्वर गौतम यतिवेला आफ्नो अलग प्रस्तुति लिएर दर्शक स्रोतामाझ आएका छन्। सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीत तथा चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका गौतमले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा ।

‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तीजको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ । उक्त गजलमा गायक गौतमलाई गायिकाहरु सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन् । आशिष अविरल यो गीतका संगीत संयोजक हुन् ।

भुवन स्याङबोद्वारा निर्देशित गजलको भिडियोमा नयन डिसी तथा बिनिताकोे आकर्षक नृत्य रहेको छ। उत्सव दहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन् ।