डाक्टर केसीको समर्थनमा नायक प्रदिप खड्का

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध एघारौं चरणको अनसनमा रहेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको समर्थनमा यतिवेला अधिकांश जनता तथा व्यक्तिहरु लागी परेका छन्। यसैविच प्रेमगीत नायक प्रदिप खड्काले पनि आफ्नो समर्थन जनाएका छन्। उनले केसीको अनसनस्थलमै पुगेर डा.केसीको मागको समर्थनमा हस्ताक्षर समेत गरेका छन् ।साथै उनले मानवियताको नाताले पनि डाक्टर केसीलाई बचाउनको लागि आह्वान गरेका छन् । केसी अनसन बसेको आज १९ दिन भइसकेको छ।&nbsp;</p><p>प्रेमगीतको सफलता पछि चर्चित बनेका प्रदिप यतिवेला प्रेमगीत २ को साथमा दर्शकको सामु देखिएका छन्। चलचित्र यतिबेला तेस्रो सातामा प्रर्दशन भइरहेको छ। र प्रेमगीत जस्तै प्रेमगीत २ लाई पनि दर्शकहरुले निकै रुचाएका छन्।&nbsp;</p>