साउन, काठमाडौं।

पछिल्लो समय आधुनिक गीत तथा चलचित्रका पाश्रव गायनमा निकैनै चर्चित बन्दै आएकी गायिका हुन् सहिमा श्रेष्ठ। चलचित्र 'हवलदार सुन्तली' को तिम्रो डोला डोला हातमा बोलको गीत हिट भएपछि उनी चलचित्रका गीतहरुमा छाउन थालेकी छिन्। तीजको गीत ,आधुनिक लोकपप देखि ३ दर्जन चलचित्रका गीतहरुमा आवाज भरिसकेकी उनको ‘तिम्रो डोला डोला , ‘तिमी बोल मीठा मीठा कुरा’, ‘तिम्रो पिक्चर हिट’, तिमी किन ल्यांग ल्यांग गीतहरु निकैनै हिट बनेका छन्। आफ्नो पहिलो एल्वम हेरेको हेर्यै बाट नै स्रोता दर्शकको मन जित्न सफल उनले थुप्रै अवार्ड र सम्मानहरु पनि जितिसकेकी छिन्। उनले हालै धादिंग जिल्लामा आयोजित सुन्दरादेवी अवार्डमा आधुनिक तर्फ उत्कृष्ट गायिकाको अवार्ड पनि जितेकी छिन्। यसैविच आर्टिष्ट खवरले सहिमा संग गरेको कुराकानी यस्तो रहेको छ्।

काठमाडौं बाहिर आएर अवार्ड पाउनु भएको छ कस्तो अनुभव भयो?

धेरैनै खुसी लागेको छ। काठमाडौमा त धेरैनै अवार्ड लिएको छु । यस पटक भने काठमाडौं बाहिर धादिंगमा आएर पनि उत्कृष्ट गायिकाको अवार्ड पाएको छु निकैनै खुसी लागेको छ।

तपाईको गीत दिलमा राखे दिलमै फिट त निकै हिट बन्यो,आफुले चाहिँ दिलमा कस्लाई राख्नु भएको छ?

मैले त सबैलाई दिलमा राख्छु। ज-जसले मलाई दिलमा राख्नु हुन्छ उहाँहरु सबैलाई दिलमा राख्ने गर्छु। विशेष कोही भन्ने चाहिँ छैन्।

तपाईको चलचित्रका गीतहरु कति गीत छन्?

यो भन्दा अघि तिम्रा डोला म यो फिल्डमा आएको नै चलचित्रको गीतबाट हो। तर पब्लिसिटीका कारण अलिकति पछाडि परेको थिँए। हवल्दार सुन्तली बाट तिम्रो डोला डोला गीत सुपरहिट भएपछि भने प्ले व्याक सिंगर भनेर चिनिएकी छु। र दर्शकहरुले मेरो सबै गीत रुचाउनु भएको छ।

हिट गीत गाएपछि आम्दानी पनि बढ्न थालेको भनिन्छ्, मासिक कमाइ कति हुन्छ?

यति नै भन्ने त हुदैन्।हिसाबनै त गर्ने गरिँदैन्। कहिले काहीं नसोचेको पनि पाइरहेको हुन्छु। यो कुनै काम होइन् अफर आएर हामीले गर्ने हो। त्यसैले यतिनै हुन्छ भन्ने हुँदैन्।

महिनामा कतिओटा गीतहरु गाउनुहुन्छर?

यतिनै भन्ने हुँदैन्। अफर आएअनुसार गाइने हो। कहिले १० १५ ओटा पनि हुन्छ। कहिले एउटा मात्रै गाइएको हुन्छ्। कहिले हुँदै पनि हुँदैन्।

देशबाहिर प्रोग्राममा कतिको जानुहुन्छ?

प्राय म देशबाहिरनै गइरहेको हुन्छु। १५ १६ देशहरुमा गइसकें, अब पनि जाने क्रममा छु। र एक चोटि गएपछि त्यै देशहरुमा दोहोर्याएर गइरहेको हुन्छु।

अब आउने क्रममा कुन गीत रहेको छ?

धेरै चलचित्रमा गाएको छु। अब चाँडैनै आउने चलचित्र राज्जा रानीमा आइटम गीत गाएको छु। यसमा रेखा थापाले नृत्य गर्नु भएको छ। गीत लाई लिएर निकैनै उत्साहित छु।

अन्य गायिका भन्दा फरक स्वर रहेको छ यो चाँहि कसरी?

एउटा गायिका भएपछि सबै खाले गीत गाउनु सक्नुपर्छ भन्ने मलाई लाग्छ। र म कोशिस पनि गरिरहेको छु र गाइपनि रहेको छु। मैले लोक गीत लिएर पम आधुनिक र आइटम तथा विभिन्न भाषामा पनि गीत गाएको छु। म आफुलाई भर्साटाइल गायिका को रुपमा चिनाउन चाहन्छु।