<pre><b>साउन, काठमाडौं। </b></pre><p>नेपाली मुलकी भएर पनि बलिउडमा आफ्नो अलग पहिचान बनाएकी नायिका मनिषा कोइरालाको आज ४७ औँ जन्मदिन परेको छ। उनी १९७०मा काढमाडौंमा जन्मिएकी हुन्। बलिउडमा इलु इलु गर्लको रुपमा चिनिएकी उनले कैयौं सुपरस्टारहरुसंग काम गरेकी छिन्। र उनको कैयौं फिल्म सुपरहिट भएका छन्। ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी उनको फिल्महरुमा ‘धनवान’, ‘मिलन’, ‘ए लव स्टोरी’, ‘बोम्बे’, ‘अकेले हम अकेले तुम’, ‘अग्निसाक्षी’, ‘गुप्त’ आदि पर्दछन्। </p><p>करियरलाई अघि बढाउँदै गर्दा उनको जिवनमा यस्तो मोड आयो जसका कारण उनी ड्रग्स तथा रक्सीको लतमा परिन्। यसले गर्दा उनको करियरमा त धक्का लाग्यो नै उनको स्वास्थ्यमा पनि असर पर्न गयो र उनी क्यान्सरको शिकार बन्न पुगिन्। केही समय उनी क्यान्सरका कारण फिल्ममा देखापरिनन्। तर अब भने उनले क्यान्सरलाई पनि जितेर पुःन बलिउडमा कम व्याक गरेकी छिन्। उनको कमब्याक फिल्म डियरमाया ले बक्स अफिसमा त्यति कमाल गर्न नसकेपनि उनको कमब्याकका कारण फिल्मले निकैनै चर्चा पाउन सफल भएको थियो। </p>