भदौ, काठमाडौं।

बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाउँदै आएकी गीतकार शान्ता अधिकारी आफ्नो कोशेली लिएर दर्शक स्रोतामाझ आएकी छिन्।लामो समयदेखि अमेरिका बस्दै आएकी अधिकारीले ‘भगवान खोज्दै छु’ एल्बम ल्याएकी छन् ।

उनको एल्वमका गीतहरुमा बिमल डाँगी, रमेश खड्का, लक्की सिटौलका लगायतको संगीत रहेको छ। एल्बममा भगवान खोज्दैछु, के छ त खबर युएसतिरको, नबिझाउने मुटु, तिम्रै लागि सोचि रहे, माया गर्छु तिमिलाई, दुःख पिडालगायत बोलका गीत रहेका छन् । जसमा रमेश खड्का, सरिता डाँगी, बिमल डाँगी, सत्यराज आचार्य, स्वरुप राज आचार्य, लक्की सिटौला, इन्दिरा जोशी, मिलन अमात्य लगायतको स्वर रहेकोछ ।

गीत संगीत प्रति सानैदेखिको रुचि रहेको बताउने अघिकारीले एल्बमको साथमा ‘कर्म भुमिको फूल’ नामक कविता संग्रह समेत ल्याएकी छन् ।

भगवान खोज्दै जादैछु, के छ त खबर युएसतिरको, नबिझाउने मुटु बोलका तीन गीतमाथी उनले म्युकि भिडियो बनाएकी छन् । एल्बम प्रमोसनका लागि लागि बनाएको भिडियोमा सनम कठायत, सारिका केसी, महेन्द्र गौचन,एक आर ढकाल, अम्बिका ज्वाली लगायत कलाकारको अभिनय रहेको थियो । भिडियो जनक सिंह र कपिल लामा र ओम कर्माचार्यले निर्देशन गरेका हुन् ।

अधिकारीका यस अगाडि समुन्द्र पारीको माया, प्रवासी बन कविता संग्रहर सपनाको देशबाट एल्बम सार्वजनिक भएको छ ।