<pre><b>भदौ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रका लागि हरेक शुक्रवार विशेष हुने गर्छ। प्रर्दशनको लागि हरेक शुक्रवार चलचित्रहरुको भिडन्त हुने गर्छ। यस्तै आजको शुक्रवारबाट पनि दुई चलचित्रले आफुनो प्रर्दशन थालेका छन्। आज बाट हलहरुमा हेमराज विसी निर्देशित ‘ग्याङस्टार ब्लुज’ र नवराज बुढाथोकी द्वारा निर्देशित भुईँमान्छे प्रर्दशनमा आएका छन्। </p><p style="text-align: justify; ">रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको चलचित्र भुईँमान्छेमा अस्पतालमा मरेका मानिसहरुको लाशको पोस्टमार्टम गर्ने व्यक्तिको कथा लाई उठाइएको छ। </p><p style="text-align: justify; ">त्यस्तै युवा पुस्ताको प्रेम तथा ग्याङ्गस्टर को कथामा बनेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा आशिरमान देशराज जोशी र आना शर्मा को मुख्य भुमिका रहेको छ। चलचित्रलाई सरोज न्यौपाने र हेमराज बीसीले निर्माण गरेका हुन्। </p><p style="text-align: justify; ">प्रिमियर शो बाट राम्रो प्रतिकृया पाएका यि दुवै चलचित्रले दर्शकहरु बाट भने कस्तो प्रतिकृया पाउँछ यो भने हेर्न बाँकी छ। </p>