<pre><b>भदौ, काठमाडौं। </b></pre><p>पछिल्लो समय निकैनै चर्चा कमाइरहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिकारहेको चलचित्र 'तिमी संग' भदौमा नआउने भएको छ। यस अघि भदौ ८गतेलाई प्रर्दशन मिति ताकिएको चलचित्रले अब भने आफ्नो प्रर्दशन मिति सारेको छ। भदौ १६ गते बाट साम्राज्ञीकै अभिनय रहेको चलचित्र 'ए मेरो हजुर २' प्रर्दशन हुन लागेकाले चलचित्र एक आपसमा नजुधाउनका लागि आपसी समझदारीमा 'तिमीसँग'को रिलिज पोष्टपोन्ड भएको खबरबाहिरिएको छ । चलचित्रको नयाँ रिलिज मिति भने फाइनल भएको छैन्। </p><p>यस्तै भदौ ८ गतेलाई फाइनल गरिएको निशा अधिकारीको चलचित्र झ्यानाकुटीले पनि प्रर्दशन मिति सारेर कार्तिक १७ मा पुर्याएको छ। </p>