४२औं जन्मदिन मनाउँदै दिपाश्री

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित हाँस्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाको आज जन्मदिन परेको छ। उनी आज आफ्नो ४२ औं जन्मदिन मनाउँदै छिन्। रेडियो मार्फत आफ्नो करियर सुरु गरेकी उनले थारु चलचित्र ‘हताइ कुहिरा’ बाट अभिनय यात्रा सुरु गरेकी हुन्। टेलिश्रृंखला तितो सत्य बाट आफुलाई हाँस्य कलाकारको रुपमा आफुलाई चिनाउन सफल भएकी उनी यतिवेला कलाकारको रुपमा मात्र नभई सफल निर्देशकको रुपमा स्थापित भएकी छिन्। उनले निर्देशन गरेको पहिलो चलचित्र छक्का पंजा ले सर्वाधिक व्यापार गर्नुका साथै नेपाली चलचित्रको सुचिमा नयाँ रेकर्ड समेत कायम गरेको थियो । पहिलो निर्देशन बाटै अत्यधिक चर्चा कमाएपछि उनी यतिवेला छक्का पंजा २ को निर्देशनमा व्यस्त रहेकी छिन्।&nbsp;</p><p>उनको जन्मदिनका अवसर पारेर विभिन्न कलाकर्मी तथा शुभचिन्तकहरुले उनलाई &nbsp;शुभकामना दिएका छन्। हालै एक अवार्डको लागि अमेरिका पुगेकी दिपा आज नेपाल फर्किदैं छिन्। अमेरिकामा प्रदान गरिएको अवार्डमा उनको चलचित्र छक्का पंजा उत्कृष्ट बन्न सफल भएको थियो। उनले आफ्नो फेसबुकमार्फत आफुलाई शुभकामना दिनै सबैलाई धन्यवाद दिएकी छिन्।&nbsp;</p><div><br></div>