ऋतिकले मसंग माफी माग्नु पर्छ – कंगना

भदौ, काठमाडौं।

आफ्नो विवादित वयानका कारण कन्ट्रोभर्सीमा आइरहने एक्ट्रेस कंगना रनावत फेरि एक पटक चर्चामा आएकी छिन्। भारतीय मिडियाका अनुसार उनको अपकमिंग अन्तरवार्तामा कंगनाले आफ्नो र ऋतिकको विवादको बारेमा पुःन विवादास्पद कुरा खुलाएकी छिन्। कंगनाको यो अन्तरवार्ताको प्रोमो आइसकेको छ। र जसमा कंगनाले भनेकी छिन् -'उसलाई यहाँ बोलाउनुस र सोध्नुस, उसंग एक एक कुरा सोध्नुस किनकि मैले नोटिस पठाएको थिईन। मेरो नाममा गलत कुरा बाहिर आएको छ'। उनले ऋतिकका कारण आफुलाई मानसिक आघात तथा तनाव पुगेको भन्दै ऋतिकले आफुसंग माफी माग्नु पर्ने बताएकी छिन्। छिट्टैनै टिभीमा आउन लागेको अन्तरवार्तामा उनले गत वर्ष ऋतिक संग भएको झगडाको बारेमा बताउने छिन्।
याद रहोस कंगना र ऋतिक विच २०१६ को सुरुवातमा विवाद भएको थियो। एक अन्तरवार्ताको क्रममा कंगनाले ऋतिकलाई मुर्ख भन्ने संज्ञा दिएपछि ऋतिकले त्यसको जवाफमा भनेका थिए- 'जति पनि महिलाको साथमा मिडियाले मेरो नाम जोडेको छ त्यो भन्दा बढी चान्स मेरो पोप डेनको साथमा छ'। साथै कंगनाको वयानमा ऋतिकले नोटिस पनि पठाएका थिए। जवाफमा कंगनाले आफुले कसैको नाम नजोडेको भन्दै आफुलाई धम्काएको भन्दै नोटिस पठाएकी थिईन्। एजेन्सी