
<pre><b>भदौ, काठमाडौं ।</b></pre><p style="text-align: justify;">गएको शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'ए मेरो हजुर २'ले सुखद ब्यापार गरेको छ । झरना थापा निर्देशीत यो चलचित्रले पहिलो दिनबाटै ७८ लाखको कलेक्सन गर्न सफल भएको छ । चलचित्रले शुरुको दिन अधिकांश हलहरुमा हाउसफुलको ब्यापार गरेको निर्माणपक्षले जनाएको छ । </p><p style="text-align: justify;">काठमाडौंमा वितरणको जिम्मा लिएका गोविन्द शाहीले प्रदर्शनको दिन उपत्यका भित्रबाट 'ए मेरो हजुर २'ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको जानकारी दिए । यस्तै, मोफसल वितरणको जिम्मा लिएका केदार पराजुलीले उपत्यका बाहिरबाट चलचित्रले ३३ लाख २१ हजार कलेक्सन गरेको बताए । प्रदर्शनको पहिलो दिन उपत्यका भित्र र बाहिर गरि चलचित्रले कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ कलेक्सन गरेको छ । </p><p style="text-align: justify;">सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा सामीप्यराज तिमल्सेनाको हो । चलचित्रलाई सञ्यज लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् । </p><p style="text-align: justify;">चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।</p><pre style="text-align: justify;">Movie Premier Review:
<iframe frameborder="0" src="//www.youtube.com/embed/fnLDHn6tXlU" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>