दसैंका लागि कीर्तिपुर दसैं महोत्सव हुने

भदौ, काठमाडौं ।

दसैंको अवसर पारेर कीर्तिपुरमा तेस्रो कीर्तिपुर दसै महोत्सव–२०७४ आयोजना गरिने भएको छ । राईज म्युजिक, औद्योगीक शान्ति नेपाल संस्था, राजकमल महर्जन तथा शशिर महर्जनले यही भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म कीर्तिपुरमा यो सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेका हुन् । शुक्रवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट तेस्रो पटक आयोजना हुने यो महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने जानकारी गराइयो ।

दुई साता लामो महोत्सव कीर्तिपुरको कीर्तिपुर फुटबल ग्राउण्डमा सञ्चालन हुनेछ । आयोजक संस्थामध्येको एक औद्योगिक शान्ति नेपाल संस्थाका सन्दिप महतका अनुसार महोत्सवमा एक सय चालिस वटा स्टलहरु रहने छन् । राइज म्युजिकका बिनोद सिंहका अनुसार महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको व्यवस्था गरिएको छ । ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ ।

महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राजकमल महर्जनले बताएका छन् । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।

कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरुको प्रस्तुतीका साथै बाल मनोरञ्जनाका सामग्रीहरु पनि समावेश गरिने छन् भने लोकप्रिय गायक, गायिका तथा कलाकारहरुले आफ्नो  मनोरञ्जनात्मक प्रस्तुती दिनेछन् । महोत्सवकै क्रममा कीर्तिपुर नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले बताएका छन् ।

महोत्वसको दोस्रो दिन बाल दिवसको अवसर पारेर हास्य कलाकार तथा जादूगर महादेव त्रिपाठीले एक प्रस्तुत दिने छन् । महोत्सवमा ’द रोयल्स ब्याण्ड’ ले अफिसियल ब्याण्डको रुपमा महोत्सवमा आयोजना हुने लाइभ कन्सर्टमा सहभागिता जनाउने छ ।