‘मिस लिटिल नेवा’ को अन्तिम प्रतिस्पर्धाका लागि ४० प्रतियोगी छनौट

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेप्लिज फेशन होमले आयोजना गर्ने ११ औं संस्करणको ‘मिस लिटिल नेवाः’ को अडिसनबाट ४० जना प्रतिस्पर्धि अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार लिटिल नेवाः का लागि ७० जनाले अडिसन दिएका थिए ।&nbsp;<br></p><p style="text-align: justify; ">लिटिल नेवाः को अडिसनमा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता जनाएका छन् । मिस लिटिल नेवाःमा यसपटक पनि ९ वर्षदेखि १३ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाइरहेका छन् । मिस लिटिल नेवाः का लागि छनोट भएका प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा तथा प्रशिक्षण दिइने &nbsp;छ ।</p><p style="text-align: justify; ">प्रशिक्षणकै क्रममा उनीहरुलाई आगामी घटस्थापनाको दिन काठमाडौंको बसन्तपुरस्थित कुमारी घर प्राङ्गणमा कुमारीको दर्शन गराउनुका साथै सवा लाख बत्ती बाल्ने तथा नेवाः भोजको सहभागि गराइने छ । प्रशिक्षणका क्रममा मिस नेवाः सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन् भने कोरियोग्राफर रोहिया महर्जन तथा आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूको आत्मविश्वास बढ्ने किसिमका प्रशिक्षण दिने छन् ।&nbsp;</p>