
<pre><b>असोज, काठमाडौं। </b></pre><p>यस वर्षको मिस एयर होस्टेस २०१७को उपाधि धरानकी १९ वर्षीय रिवा लिम्वुले जितेकी छन् ।प्रतिस्पर्धामा रिवाले ३४ जना प्रतियोगीहरुलाई पछि पार्दै उत्कृष्टको ताज पहिरेकी छिन्। प्रतियोगितामा रिवाले उपाधि सहित २५ हजार नगद र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति प्राप्त गरेकी छन् । उनले एभीयसन म्यूजियममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरेकी छन् । </p><p>यसका साथै प्रतियोगितामा सिजु सिंह ठकुरीले फस्ट रनर अपको उपाधि सहित नगद १५ हजार रुपैयाँ र वेष्ट ड्रेसको उपाधि प्राप्त गरेकी छिन्। त्यस्तै मोनालिसा पाख्रिनले सेकेण्ड रनर अप र मिस पर्सनालीटीको उपाधि जितेकी छिन्। उनलाई दश हजार रुपैया साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा १ लाख वरावरको छात्रावृति प्रदान गरिएको छ । </p><p>प्रतियोगितमा निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा , सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रा।डा। स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणित केसी, सीता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेका थिए । </p>