
<pre><b>असोज, काठमाडौं। </b>
<br class="Apple-interchange-newline"></pre><p>वरिष्ठ लोकगायक अमर विरही गुरुङ एकल साँझ भव्य रुपमा सम्पन्न भएको छ । तमु (गुरुङ) कलाकार समाजको आयोजनामा भएको आयोजनामा अमर विरही गुरुङ एकल साँझमा दर्जनौं गीतसहित मौलिक कलासंस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । शनिबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित एकल साँझमा गुरुङले ३९ सालबाट गाइएका गीतहरुलाई प्रस्तुत गरेका थिए । ६३ वसन्त पार गरिरहेका गुरुङले आफ्नो जीवनको पहिलो र अन्तिम एकल साँझका रुपमा भएको बताएका थिए । सलल बग्यो गण्डकी, गोर्खा कालिका, सेती दोभान, मौरी भुल्यो फुलको रसैमा, स्याउली पलाइछ, रेलीमाई लगायतका गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै गायनको बीचबीचमा घाटु, कौरा, ठाडो भाका, झ्याउरे लगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो ।</p><p><img src="http://artistkhabar.com/uploads/posts/54082d3ec89b830bcd9a94d581fb79e41505801928.jpg" style="width: 900px;"><br></p><p>राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका अमर विरही गरुङलाई प्रतिष्ठानको वर्तमान केन्द्रीय समितिले दुई लाख ५० हजार ५ सय ५५ रुपैयाँको मालाले सम्मानित गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था, गुरुङ समाज, समाजसेवी व्यक्तित्वहरुबाट पनि सहयोग प्राप्त भएको थियो । नेपाल टेलिकमले प्रमुख प्रायोजन गरेको उक्त कार्यक्रमलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । </p>