करिश्माको आक्रोश- हाम्रो कामको मुल्यांकन सार्वजनिक ठाउँमा मजाक बनाउनु हो ?

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

प्रसंग थियो चलचित्र एश्वर्यको ट्रेलर सार्वजनिक कार्यक्रमको । राजधानीको ‘क्युज’ सिनेमा हलमा भइरहेको कार्यक्रममा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । चलचित्र टिम भित्रका कलाकारहरु बाहेका कलाकारहरुको उपस्थितीमा भिडियाहरुका लागी एक आकर्षक करिश्मा पनि थिइन् । जब ट्रेलर सार्वजनिक कार्यक्रम सकियो सबै मिडिया सेलिब्रेटी तर्फ लम्किए । कसैले तस्बिर खिचाउन तर्फ लागे त कतिले अन्तर्वाता लिन ।

करिश्मा मानन्धरलाई पनि प्रश्न सोध्न मिडियाहरुको लाइन लागे । बिशेषतः चलचित्र एश्वर्यको ट्रेलरको बारेमा प्रश्न भन्दा पनि उनको ब्यक्तिगत कुरा खोतल्न मिडियाकर्मिहरु लागिरहेका थिए । आउदै गरेको चाड दशैंसँग सम्बन्धित उनको ब्यक्तिगत कुरा र पछिल्लो समय उनले शुरु गरेको अध्ययनको बिषय, यी दुई कुरालाई उनकै मुखबाट बाहिर ल्याउन मिडियाकर्मिहरु निकै लागिरहेको देखिन्थ्यो ।

पालैपालो अन्तर्वाता दिने क्रममा करिश्माको अगाडि एकजना ब्यक्ति चश्मा लगाएर, घाँटीमा ‘हेडसेट’ झुण्ड्यिाएर, साधारण मानिसको भन्दा केहि फरक गेटअपमा फरक आवाजको साथमा देखिए । शुरुमै 'करिश्मा फुपुलाई स्वागत छ' भन्दै कुराकानी अगाडि बढाउदा करिश्मा आश्चर्यमा परिन् । ६ मिनेटको अन्तर्वार्तामा ठिकठाकै तरिकाले उत्तर दिएकी करिश्मालाई प्रश्न सोध्नेले ‘फुपु’ शब्द बोलेको चाँही पटक्कै मन परेको रहेनछ । जब अन्य मिडियाहरुसँग पनि अन्तर्वाता दिएर फर्किइन् उनको मनमा त्यहि मानिसले सोधका कुराहरु खेलिरहेको रहेछ र करिश्माले आफ्ना मनका कुरा सामाजिक सञ्जालमा ब्यक्ति गरिन् ।

करिश्माले ति ब्यक्तिका प्रश्नहरु सामना गर्नुपर्दा कलाकारिता गरेर गल्ति नै गरेकी भन्ने महसुस भएको समेत बताएकी छिन् । साथै उनले कलाकारितमा अनेक दुख सहेर गरेको कामको मुल्यांकन सार्वजनिक ठाउँमा मजाक बनाउनको निमित्त हो भन्दै चलचित्र पत्रकारसंघलाई ध्यानाकर्षण होस् भन्दै प्रश्न चिन्ह खडा गरेकी छिन् ।

ति ब्यक्तिले युट्युवकार्यक्रम ‘द वेवी शो’मा बिगत केहि समयदेखी यसरी नै अन्तर्वाता लिँदै आएका छन् । उनले ‘क्यारेक्टर’मा रहि बिभिन्न सेलिब्रेटीलाई बिभिन्न प्रसंगमा कुराकानी गर्ने गर्दछन् । करिश्मालाई भने अन्य सेलिब्रेटीलाई जसरी नै कुराकानी गर्दा पाच्य नभएको देखियो । हुन त अन्य सेलिब्रेटीलाई पाच्य भएको छ या छैन त्यो भने सेलिब्रेटीहरुको मनमा मात्र होला, करिश्माले भने सामाजिक सञ्जालमै लेख्ने प्रयाग गरिन् ।

उक्त भिडियो अन्तर्वाताका हेर्नका लागी यहाँ क्लिक गर्नसक्नुहुनेछ ।