राजेश चाम्लिङको एल्बम ‘अभ्यर्थना’ बजारमा

असोज, काठमाडौं।

गायक तथा संगीतकार राजेश चाम्लिङ आफ्नो नयाँ  एल्बम ‘अभ्यर्थना’ लिएर दर्शक स्रोतामाझ आएका छन्।  शनिवार  राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा, गायक तथा संगीतकार चाम्लिङलगायतले एल्बम सार्वजनिक गरेका छन्।

एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत रहेका छन् । गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन् ।

कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीमबहादुर बम्जन हुन् । भिडियोमा गायक राजेशसहित सुस्मिता बस्नेत र अल इन वान ग्रुपले फिचरिङ गरेका छन् ।