असोज,काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा उदाउदै गरेको नाम हो सुजता केसी । बि.स. २०७० सालमा आफ्नो पहिलो एल्बम आधुनिक पप् गीतीएल्बम ‘काकाकुल’ बाट गायनयात्रा शुरु गरेकी सुजताले ०७१ सालमा पनि तिन वटा गीतसमावेश भएको ‘छमछम पाउजु’ नामक एल्बम बजारमा ल्याएकी थिइन् । बिशेषतः नेपाली आधुनिक पप् गीतहरुबाट दर्शक तथा स्रोता माझ आफुलाई चिनाउँदै गरेकी सुजताले केहि चलचित्रमा स्वर सँगै अभिनय पनि गरेकी छिन् ।

चलचित्र ‘सुर्या द पावर’ मा समावेश दुई गीत ‘क्या बबाल’ र ‘माया माया’ बोलको गीतमा स्वर दिएकी सुजताले यसै चलचित्रमा अभिनय पनि गरेकी छिन् । चलचित्रमा मुकेस ढकालको मुख्य भुमिका रहेको थियो । साथै उनले गायन र अभिनयसँगै करिब दश वटा म्युजीक भिडियो मोडलिङ समेत गरेकी छिन् । सुजताले आफु रहरले गीतसंगीतमा आएको तर यो क्षेत्रलाई बुझ्दै जाँदा यसैमा अरिअर बनाउन संघर्ष गरिरहेको बताइन् । ‘मैले सुरु सुरुका दिनहरुमा अरुले गीत गाएको देख्दा रहरले यो क्षेत्रमा छिरेकी थिएँ तर पछि बुझ्दै जाँदा सिक्दै जादा यो क्षेत्रले मलाई छोड्न सकेन त्यसैले यहि क्षेत्रमा करिअर खोज्दैछु ।’, सुजताले हिमालय टाइम्ससँग कुरागर्दै भनिन् ।

बिगत केहि समयदेखी निरन्तर संगीतको क्लास लिएकी सुजताले गीतसंगीतलाई बुझ्दै जाँदा सिक्नु अनिवार्य रहेको पनि बताइन् । ‘संगीतको बिधालाई बुझ्दै जादा यो क्षेत्र सिकेर आउनु आवश्यक छ । किनकी सिकेर आइयो भने सफलता पाउन सजिलो हुन्छ होइन भने यो क्षेत्रमा आउने र हराउने मात्र हुन्छ ।’, उनले भनिन् । उनले अहिले मनोज राज सिवाकोटी र दिपक रमनसँग संगीतको क्लास लिइरहेको बताइन् । देश भित्रका करिब ३० स्टेज कार्यक्रमहरुमा पुगेकी सुजताले आउदै गरेको पर्व तिहारलाई लक्षित गर्दै एक गीत सार्वजनिक गर्ने तयारीमा छिन् । उनले बताए अनुसार ‘यसपालीको तिहार’ बोलको गीत आज साँझसम्म सार्वजनिक हुनेछ । साथै तिहार लगत्तै अर्को आधुनिक पप् ‘नेप्टी मोरी’ बोलको गीत को पनि तयारी भइरहेको बताइन् ।

यो समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ