
<pre><b>असोज, काठमाडौं।</b> </pre><p style="text-align: justify; ">अमेरिकाको सनफ्रान्सिस्को शहरमा आयोजना हने ‘सनफ्रान्सिस्को अन्तराष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’मा नेपाली चलचित्र ‘पंचायत’ प्रदर्शन हुने भएको छ । बिगत १५ बर्षदेखी आयोजना भईरहेको चलचित्र फेस्टिभलमा गतबर्ष चलचित्र ‘तीन घुम्ती’ प्रदर्शन गरिएको थियो भने यसपाली ‘पंचायत’ प्रदर्शन हुने भएको हो ।</p><p style="text-align: justify; ">२५ देखी २९ अक्टोबरसम्म आयोजना हुने फेस्टिभलमा चलचित्र लिएर कलाकार सरोज खनाल र नीता ढुंगाना जाने भएका छन् । फेष्टिवलमा हलिउड र एसियन गरी २ सय चलचित्रले सहभागीता जनाउने छन् । ‘पंचायत’ ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र हो । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।</p><p><br></p>