असोज, काठमाडौं।

बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत विहिबार अन्तराष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको उनको सम्झनामा रामजी नेपाली फाउन्डेशनले वृहत रक्तदान कार्यक्रम गरेको हो ।

बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका विरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोशिस स्वरुप यो कार्यक्रमको आयोजना गरेको फाउन्डेशनका अध्यक्ष रामजी नेपालीले बताए ।

२०६८ साल देखी म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन । ‘आउन पाइन घर यो दशैँमा’, ‘खोला जस्तै हो रे चोला नि’, ‘धिङ्का ताका धिन’, ‘बैश गयो हासेर’ लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन ।

बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछी उनलाई अन्तराष्ट्रिय मैत्री बाल अस्पतालमा लगिएको थियो जहाँ उनको विहिबार राती मृत्यु भएको हो । काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन ।