
<pre><b>असोज, काठमाडौं। </b></pre><p> कार्तिक २४ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘पाचौँ ईनास अवार्ड २०१७’ मा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका कलाकारहरुको प्रेम मस्ती तथा विछोडलाई देखाइएको छ। साथै चलचित्रमा नायिका निशा अधिकारी एक यौनकर्मीको भुमिकामा देखिएकी छिन्। </p><p>चलचित्रका यसअघि रिलिज भएको ‘ल्याङ ल्याङ’ गीतले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो। चलचित्रमा निशाको साथै हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको छ ।शंकर कार्कीको निर्देशनमा बनेको यस चलचित्रमा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन रहेको छ ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/_JD1DRZyaxk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>