गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

यहि पुस २८ अर्थात आउँदो शुक्रबारबाट चलचित्र ‘मिस्टर झोले’ देशब्यापी प्रदर्शनमा आउँदै छ । दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई निर्माण टीमले आशलाग्दो चलचित्रको रुपमा लिएको छ । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टको सहकार्यमा निर्माण भएको ‘मिस्टर झोले’ लाई यसै ब्यानरबाट यो भन्दा अघि प्रदर्शन भइसकेको ‘झोले’ चलचित्रको नामसँग मिल्न गएपनि त्यस चलचित्रसँग कुनैपनि सम्बन्ध नभएको निर्माण टीमले जनाउँदै आएको छ । चलचित्रमा रामबाबु गुरुङको कथा÷निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको छ भने रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।

यसैबिच यसै चलचित्रका निर्माता मध्येका एक रौनक बिक्रम कंडेल र कलाकार दयाहाङ राईसँग हामीले ‘मिस्टर झोले’ बिशेष केहि सम्वाद गरेका छन् ।

रौनक बिक्रम कंडेल/ निर्माता

धेरै दर्शकलाई दुबै चलचित्रका कलाकार, निर्माण टीम र नामले गर्दा ‘मिस्टर झोले’ र ‘झोले’ उस्तै चलचित्र हो भन्ने जिज्ञासा छ, चलचित्रमा फरक के छ ?

चलचित्रको टीम र कलाकार एउटै भए भन्दैमा चलचित्र एउटै हुन्छ भन्ने हुँदैन । दर्शकलाई हामीले प्रष्ट यो कुरामा बनाउँछौं कि हाम्रो ‘मिस्टर झोले’ र ‘झोले’ बिल्कुल फरक चलचित्र हुन् । एउटै टीम हुँदा चलचित्र बलियो बन्छ । पहिलाका कमि कमजोरीहरुलाई केलाएर झन् राम्रो बनाएर अघि बढ्न सकिन्छ भनेर शसक्त भएर चलचित्र निर्माण गरेका छौं । चलचित्रको कथा त बिल्कुलै फरक छ ।

‘मिस्टर झोले’ एक गाउँको रोचक कथा हो । चलचित्रका मुख्य अभिनेता दयाहाङ राईको अभिनय एउटै भन्ने सन्दर्भमा चाँही कुनैपनि कलाकारको बिल्कुलै फरक अभिनय हुँदैन । जुनसुकै चलचित्रमा भएपनि कलाकारले गर्ने अभिनय नै हो, कस्तो भूमिका निभाएको छ भन्नेकुरा ठुलो कुरा हो ।

चलचित्र निर्माणमा मात्र कसरी आउनु भयो ? अभिनयमा पनि आउन सक्नुहुन्थ्यो ।

मेरो बानेश्वरको घरमा चलचित्रसँग सम्बन्धित ब्यक्तिहरु पहिलेदेखिनै बस्नुहुन्थ्यो । बिस्तारै चिनजान बढ्दै गएपछि नेपाली चलचित्रक्षेत्र पनि राम्रो बन्दै गएको र लगानी गर्दा घाटा नहुने बुझेपछि नै यो क्षेत्रमा आएको हुँ । यो क्षेत्रमा आउनका लागी सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा लगायतसँगको कुराकानीले सहयोग पु¥यायो । त्यो बेलामा अभिनय भन्दा निर्माणपक्षबाट आउछु भन्ने लाग्यो ।

निर्माताको हकमा ‘मिस्टर झोले’ बाट कत्तिको आशावादी हुनुहुन्छ ?

कतिपय निर्माताहरु चलचित्र लगानी गर्न आत्तिएर आउनुहुन्छ । ह्वात्तै आउनुहुन्छ अनि सेलाएर जानुहुन्छ तर यो क्षेत्रमा बुझेर लाग्नुपर्छ । मैले पनि शुरुमा ‘कबड्डी’ चलचित्रमा लगानी गर्दा धेरै कुरा बुझ्ने मौका पाएँ । त्यसपछि निर्माता भएरै ‘पुरानो डुंगा’मा आउँदा चलचित्र क्षेत्रलाई अझ धेरै बुझिसकेको थिएँ । त्यसबाट पनि आम्दानीको तबरबाट हेर्दा राम्रो भयो । हामीले चलचित्रका लगानी गर्दा चलचित्रको स्क्रिप्ट हेरेर मात्र गर्नुपर्छ । हचुवाको भरमा लगानी गर्नुहुँदैन । अहिले ‘मिस्टर झोले’ बाट हामी आशावादी छौं । किनकी हामीले चलचित्रको स्क्रिष्ट देखी सबैकुरामा ध्यान दिएका छौं । त्यसैले बिजनेशको हिसाबमा पनि चलचित्रले राम्रो गर्नेकुरामा ढुक्क छौं ।

अहिले ‘मिस्टर झोले’ मा लगानी कति पुगेको छ ? लगानी सुरक्षित होला ?

अहिले नेपाली चलचित्रपनि धेरै फराकिलो बन्दै गएको छ । प्रविधि देखी कलाकारको पारिश्रमिक सबै महंगो हुँदै गएको छ त्यसैले ‘मिस्टर झोले’मा पनि धेरै नै लगानी भएको छ । चलचित्र १ करोड ६० लाखमा पुराभएको छ । अब लगानी सुरक्षित हुने सन्दर्भमा चाँही पछिल्लो समय चलचित्र कि त ब्राण्डले चल्छ कि त राम्रो स्क्रिप्ट र कलाकारले चल्छ, ‘मिस्टर झोले’ यी सबैकुराले भरिपुर्ण छ त्यसैले आशावादी छौं ।

दयाहाङ राई/ अभिनेता

चलचित्रमा तपाईको भुमिका ‘झोले’ मा जस्तै छ भन्ने आरोप छ नि ?

चलचित्रका निर्माता, निर्देशक लगायतका निर्माण एउटै एउटै हुँदा चलचित्रमा पहिलाको जस्तो केहि गन्ध आउनु स्वभाविक कुरा हो । बाहिरबाट हेर्दा त्यस्तो देखिन्छ होला तर भित्र रुपमा क्यारेक्टरको स्वभाव, उसले गर्ने काम केलाउँदै जानेहो भने फरक देखिन्छ । बिशेषताहरु फरक छन् एउटै भन्न मिल्दैन ।

तपाईले अभिनय गरेका चलचित्रहरुमा भूमिका एउटै भयो भन्ने आरोप खेपिरहँदा यो पेरिफेरीबाट बाहिर निस्किनु आवश्यक छ जस्तो लाग्छ कि लाग्दैन ?

ब्यक्तिगत हिसाबले हेर्दा म भित्र त्यत्रो क्षमता छ कि छैन त्यो मलाई मात्र थाहा छ । मेरो पनि केहि ‘लिमिटेसन’हरु होला, त्यसैले पनि नयाँ क्यारेक्टर डिजाइन नगरेको हुनसक्छ । मेरो एउटै भूमिका हुनुमा मेरोमात्र गल्ति हुँदैन । निर्देशकले मैले अभिनय गरेका पहिलाका चलचित्रलाई हेरेर मेरो भूमिका निर्धारण गरेका हुन्छन् । कतिपयले त्यस्तै भूमिका गरिदिनिुप¥यो समेत भन्नुहुन्छ । कतिले मेरो पहिलाका चलचित्रको भूमिका जस्तै स्क्रिप्ट बनाउनु हुन्छ । त्यसैले पनि एउटै भूमिका देखिएको हुनुसक्छ । तर पनि हुबहु एउटै कुनैपनि चलचित्रमा हुँदैन ।

‘मिस्टर झोले’को बक्स अफिस कलेक्सनले तपाईको फिल्मी करिअरलाई कत्तिको महत्वपुर्ण अर्थ राख्छ ?

मैले चलचित्रमा काम गर्ने बक्स अफिसका लागी होइन । एउटा चलचित्रमा काम गर्दा पुर्णतया लगाव दिएर गर्नेकुरा हो । यहि बक्स अफिसमा राम्रो ब्यापार भयो भने म अझ ब्यवसायिक बन्छु होला तर एउटा अभिनेताको हिसाबले मैलो सोच्दा भोली सिनेमा हिट भएपनि फ्लप भएपनि मेरो करिअर माथि होला अथवा तल होला भन्ने सोंच्दिन ।