सिमरन बनिन् मिस तामाङ

फागुन, काठमाडौं ।

‘मिस तामाङ २०१८’ को उपाधि पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले जितेकी छिन् । शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित फाइनल कार्यक्रममा २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिमरनले उपाधि हात पारेकी हुन् ।

बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन् । एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए ।

यदि मिस तामाङ बन्नु भयो भने तामाङ समूदाय र नेपालका लागि के योगदान गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिएर निर्णायको मन जित्न सफल सिमरन एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्टरसमेत भइकी छिन् । प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन्। सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन् । कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका  ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए ।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा,  रीति र धर्मलाई संवर्द्धन र प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वा्चित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलाई सम्मान गरियो ।