वैशाख अन्तिम सातामा ‘भोर’

बैशाख, काठमाडौं ।

दाइजो प्रथालाई उठान गरिएको चलचित्र ‘भोर’ यहि वैशाख अन्तिम साताबाट प्रदर्शनमा आउने भएको छ । यादवकुमार भट्टराई निर्देशित चलचित्रको केही दिन पहिले मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । सती प्रथामा आधारित ‘झोला’ फिल्म निर्देशन गरेर भट्टराईले दर्शकमाझ छुट्टै छाप बनाइ सकेका छन् ।

यो पटक उनी दाइजो प्रथा र महिला हिंसाको गहन विषय सहित दर्शकमाझ आउँदैछन् । मौलिक विषयवस्तु माथि फिल्म निर्देशन गर्न रुचाउने भट्टराईले ‘भोर’ सबै वर्ग र समुदायका लागि खुराक हुने बताएका छन् । साहित्यकार कृष्ण धारावासीले लेखेको यो चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर आदि कलाकारले अभिनय गरेका छन् । राज तिमिल्सिना र राम गोपाल थापा निर्मित फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।

जनकपुर र पोखरामा मा फिल्मको प्रिमियर गरिसकिएको छ । केही दिन पहिले मात्र हेटौटामा फिल्मको च्यारिटी शो गरिएको थियो । प्रिमियर र च्यारिटीमा फिल्मलाई दर्शकले मन पराएका थिए ।