बैशाख, काठमाडौं ।

चलचित्र ‘पसले’को छायांकनको सम्पुर्ण काम सकिएको छ । राजेन्द्र कुमार अर्याल ‘राजु’ निर्देशित यो सातौ चलचित्र हो । काठमाडौं, काभ्रे, धनगढी र चितवनमा चलचित्रको छायांकन गरिएको निर्देशक अर्यालले जानकारी दिए । उनका अनुसार ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदको कथामा निर्माण भएको चलचित्र हो । एनपी फिल्मस् प्रोडक्सन प्रा.लि. का लागि निर्माताद्धय सञ्जय कुमार थापा र गणेश प्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन् ।

सामाजिक कथावस्तुमा आधारित ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनिता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।