![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/michelle_20150423090542.jpg)
बैशाख, काठमाडौं । हलिउड अभिनेत्री मिचेल योहले काठमाडौंको बाटो काट्न आफुलाई अप्ठेरो भएको महसुस गरेकी छिन् । काठमाडौं आएपछि यहाँको बाटोहरुमा घुमेकी मिचेलले आफुले काठमाडौं को बाटो काट्न नसकेको बताईन् ।
आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल बालबालिकासँग सडक सुरक्षा सद्भावना दुतसँगको अन्तरक्रिया मा शक्रुबार बेलुकी बोलिरहदा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उपस्थित विभिन्न स्कुलका साना भाईबहिनी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारी ध्यान दिएर सुनिरहेका थिए ।
मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तरक्रिया गरिन् । उनीहरूले सडक सुरक्षाका बारेमा गरेको सुनासो सुनिन् । बालबालिकाले गरेको जेब्राक्रसिङ, ट्राफिक लाईट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्याको मिचेलले ध्यान दिएर सुनिन् ।