‘सर्जक सम्मान २०७५’मा आधा दर्जन मोडल सम्मानित हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार होटल अन्नपुर्णमा आयोजना गर्न लागेको ‘सर्जक सम्मान २०७५’ मा उनीहरुलाई सम्मान दिइने भएको हो ।

कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौदर्य ब्यवसाहिका साथै राष्ट्रिय स्तरका खेलाडीलाई पनि सम्मान गरिने छ । बिभिन्न क्षेत्रमा रहेर एक दशक भन्दा बढि समय बिताएका ब्यक्तिलाई ‘सर्जक सम्मान २०७५’ बाट सम्मानित गर्न लागेको आयोजक नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए ।

अमेरिकामा पनि साखा बिस्तार गरेको खुसी साट्ने उदेश्यले आयोजना गर्न लागिएको कार्यक्रममा संघले आगामी नोभेम्बरमा अमेरिकामा आयोजना हुने नेपाल मोडलिङ अवार्ड २०७५ को पनि बिभिन्न पक्षबारे जानकारी गराउने जनाएको छ। ललितपुरको कुपन्डोलमा रहेको नेपाल मोडलिङ संघले अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षमा आफ्नो साखा बिस्तार गरेको हो । श्रेष्ठ युएसए चलचित्र संघका अध्यक्ष पनि हुन् ।

देशको सातै प्रदेशमा साखा बिस्तारको तयारी समेत गरेको संघले अमेरिकाको साखासँगको सहकार्यक्रम अमेरिकामा अवार्ड गर्न लागेको हो । मोडलिङमा लागेकालाई प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले संघले अवार्ड आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।