
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायिका प्रमिला राईको दाश्रो सोलो गीत सार्वजनिक गरिएको छ । ‘जाउँ न’बोलको उक्त गीतमा संजिव सिंहको शब्द तथा संगीत रहेको छ भने दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई भुवन खड्काले साथ दिएका छन् ।</p><p style="text-align: justify; ">नेपाल आईडलबाट बाहिरिएसँगै प्रमिलाले धेरै गीत गाए पनि यो उनको दोश्रो सोलो गीत हो । यो भन्दा अघि उनले ‘कान्छा हौं’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । फिरोज अर्पनले निर्देशन गरेको भिडियोमा ग्रामिण परिवेशको कला,संस्कृति र परम्परालाई झल्काईएको छ । भिडियोमा प्रमिला आँफैले बाइक चलाएकी छिन् । ‘यो मेरो दाश्रो सोलो गीत हो, आशा छ दर्शकले पहिलो गीत जत्तिकै माया गरिदिनुहुनेछ’ प्रमिलाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । उनी अहिले यसैगीतको प्रमोशनमा ब्यस्त छिन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/51teI1ceEmo" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>