आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोक गायक प्रकाश सपूत र गायिका सुनिता दुलालको तिहारपर्वलाई लक्षित गर्दै ‘उज्यालो तिहार’बोलको देउसी भैलो गीत सार्वजनिक गरिएको छ । प्रकाश र सुनितासँगै गीतमा डिबी गुरुङ, अर्जुन सुनाम र टिका पुनको पनि स्वर रहेको छ । गीतमा प्रकाशकै लय तथा शब्द छ भने गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा पनि गायक सपूत र गायिका दुलालले देउसी भैलो भट्याएका छन् । देबेन्द्र बब्लुले निर्देशन गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् । भिडियोमा कलाकार लक्ष्मी गिरी, शुरविर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्की लगायतको अभिनय देख्न सकिन्छ ।