आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गायक महेश काफ्लेले लेखेको ‘नाच फिरिरि’ बोलको गीतले युट्युवमा सर्वाधिक भ्यु कमाउन सफल भएको छ । महेशसँगै मेलिना राईको स्वर रहेको उक्त गीतको भिडियो तीन महिना अगाडी युट्युवमा अपलोड गरिएको थियो । भिडियोमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय भएकाले पनि अझ धेरै दर्शकले मन पराएका छन् ।

चलचित्रका गीतहरुबाहेक अन्य गीतमा यो गीत सर्वाधिक भ्यु पाउनेमा परेको छ । १० वर्ष अघि महेशले ‘आमा रातो साडी चुरा पोते’ बोलको गीतबाट बाल गायनमा सर्वाधिक चर्चा कमाएका थिए । उनै महेश अहिले आएर ‘नाच फिरिरि’ बाट पुनः चर्चामा छन् । ‘नाच फिरिरि’को भिडियो निश्चल बस्नेत आँफैले निर्देशन गरेका हुन् ।