आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रको पछिल्लो समयको दर्शकले रुचाएको जोडीको नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ । यो जोडीले चलचित्र ‘राम कहानी’ मा एकसाथ काम गरे । त्यसै चलचित्रबाट उनीहरुको चर्चा चुलियो । बिशेषगरी दर्शकले यो जोडीलाई रुचाइदिएपछि चलचित्र निर्माताहरु यो जोडीलाई लिएर चलचित्र निर्माण गर्न आतुर देखिए तर पुजाले आफ्नो ब्यानरका चलचित्रमा मात्र काम गर्न थालेपछि त्यो सपना अन्य निर्माताले पुरा गर्न सकेनन् ।

यसैबिच अहिले निर्मात्री तथा नायिका पुजाले अर्को चलचित्र बनाउँदै छिन् । सुदर्शन थापाको निर्देशनमा बन्दै गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन नेपाल र यूकेमा हुँदैछ । चलचित्रमा सुदर्शनकै कथा रहेको छ । यो चलचित्रमा दुई नायक र एक नायिका रहने बताइएको छ जसमा केहिदिन अघिमात्रै नायक आकाश पनि फाइनल भइसकेका छन् ।

आकाशले चलचित्रका लागि महंगो पारिश्रमिक लिएको समेत वुझिएको छ । यसैविच, यो चलचित्रका लागि यसको टिमको यूकेको भिसा समेत आइसकेको छ । यस्तै गायक सोनम तोप्देन पनि चलचित्रको गायकमा फाइनल भैसकेका छन् । यो चलचित्रका लागि सोनमले एउटा गीतमा आवाज समेत दिएका छन् । सोनम कभर गीत गाएर चर्चामा छन् । भारतीय मुलका तिब्बतियन गायकले यो चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यू पनि गर्न लागेका हुन् ।