मुम्बई , एजेन्सी ।

एक्सन र डान्सले दर्शकको मन जित्न सफल बलिउड अभिनेता टाइगर श्राफको चर्चा बलिउडमा मात्रै नभइ हलिउडमा समेत भइरहेको छ । २०१८ मा ‘बागी २’ जस्तो सुपरहिट चलचित्र दिएका श्राफ यसै बर्ष 'स्टुडेन्ट अफ द इयर २’ मार्फत दर्शक माझ आउँदैछन। समाचारका अनुसार उनलाई हलिउडबाट एकपछि अर्को गर्दै अफरहरु आइरहेका छन् ।

टाइगरले पनि उनलाई प्रस्ताव आएका अफरहरु स्वीकार गर्दै हलिउड जाने मन बनाइसकेका थिए । तर उनलाई उनका पिता ज्याकी श्राफले हलिउड जान रोकेका छन् । ज्याकी ले अहिले नै हलिउड जान हतार गरिहाल्न नहुने सल्लाह दिदै बलिउडमै अझै सफलता हासिल गरेपछि मात्र हलिउड जाने सल्लाह सुझाव छोरालाई दिएका छन् । त्यसैगरी टाइगर श्राफले पनि पिताको कुरा स्वीकार गर्दै उनले हलिउड जाने सोच बदलेका छन् ।

केही समयपछि टाइगर अभिनेता ऋतिक रोशनसँगको चलचित्रमार्फत पनि दर्शक माझ आउँदैछन ।