मुम्बई,एजेन्सी ।

३० अगष्टमा प्रर्दशनमा आउने चलचित्र 'साहो' हेर्न दर्शकहरु निकै ब्यापक प्रतिक्षा गरिरहेका छन्। दर्शकमा यसको निकै क्रेज छ। बहुप्रतिक्षित यस चलचित्र करिब १० हजार स्क्रिनमा प्रर्दशनमा आउने अनुमान गरिएको छ। बाहुबलिस्टार प्रभास अभिनति 'साहो' तमिल, मल्यालम, तेलेगु र हिन्दीगरी चार भाषामा प्रर्दशनमा आउनेछ । यसै अनुसार चलचित्रले ८ हजारदेखि १० स्क्रिन पाउने अनुमान गर्न सकिन्छ। साउथ र नर्थगरी दुर्बतिर ४५०० पर्दामा चलचित्र प्रर्दशन गरिने भारतिय मिडियाले जनाएको छ। करिब ३५० करोड भारूमा निर्माण भएको चलचित्र हिन्दी र तेलेगुमा गरी २ भाषामा छायाँकन गरिएको थियो ।

भारतीय मिडियाले बताएअनुसार साहो’ले प्रदर्शनअगाडीनै ३ सय २० करोड कमाइ गरिसकेको छ। मेकर्सले चलचित्रको थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेको भारतीय मिडियाको दाबी छ। अझैँ सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी रहेको श्रोतको भनाइ छ। चलचित्रमा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन्। यस एक स्पाय थ्रिलर चलचित्रमा अभिनेत्री श्रद्दा कपूरले प्रभाससँग जोडी बाँधेकी छिन्।

यिनका अलवा चलचित्रमा ज्याकी श्राफ,अमृता नैय्यर, चंकी पाण्डे, महेश मान्जरेकर, नील नितिन मुकेशलगायतको अभिनय रहेको छ। जबरजस्त एक्सनले भरिपुर्ण यस चलचित्र सुजीत रेडे्डीले निर्देशन गरेका हुन् । अडियन्सले चलचित्रको ट्रेलर र गीतलाई निकै मन पराएका छन् ।