फुटबलको लागि दमदार तयारीमा कलाकारहरु, के भन्छन् त (भनाई सहित)

...

जेठ, काठमाडौं ।  भुकम्पपिडितको सहयोगार्थ आज जेठ २३ गते शनिबार दिउँसो २ बजे प्रधानमन्त्री सहितका शिर्ष नेता र प्रतिष्ठित कलाकारहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुँदैछ । राष्ट्रपति डा. रामवरण यादव द्धारा समुद्धघाटन हुने उक्त फुटबल प्रतियोगितामा प्रधानमन्त्री शुशिल कोइरालाको टोलीमा बिभिन्न दलका शिर्ष नेताहरु र कलाकारहरुको टोलीमा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, मनिषा कोइरालाको सहभागिता रहनेछ ।

kalakar vs neta football game 2072
शसस्त्र प्रहरीबलको हलचोक स्थित खेलमैदानमा हुने उक्त खेलमा करिब ५०–५० जना कलाकार र नेता पालैपालो खेल्ने आयोजन नयाँपत्रिकाले जनाएको छ । आयोजकका अनुसार टिकट र नेताहरुको जर्सि बिक्रिबाट उठ्ने सम्पुर्ण रकम भुकम्प पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरीने छ ।

पहिलो चरणमा कलाकारहरुबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनिषा कोइराला, दिपकराज गिरी, दिपा श्री निरौला, जितु नेपाल, दिलिप राएमाझि, केदार घिमिरे, शंकर बिसी, शिवहरी पौडेलको टिम मैदानमा उत्रिने छ भने त्यसपश्चात पालैपालो कलाकारहरु मैदानमा परिवर्तन गरीने कलाकार शिबहरी पौडेलले आर्टिस्ट खबरलाई जानकारी दिनुभयो । यसैबिच आजको खेल आर्टिस्ट खबर डटकमले प्रत्यक्ष अपडेट गर्नेछ ।

football game - neta vs kalakar

यसैबिच आज दिउँसो २ बजेबाट खेल मैदानमा उत्रने केहि कलाकारहरुले आर्टिस्ट खबर डटकमलाई आफ्नो रोचक भनाईहरु दिनुभएको छ । आर्टिस्ट खबरसँग भएको कुराकानी जस्ताको तस्तै तल पढ्नसक्नुहुनेछ ।

कोमल वली – ५ गोलत हान्छौं हान्छौं ।
नेताहरु सँग फुटबल खेल्न पाउँदा धेरै उत्साहित छु । हामी कलाकारहरु यसै पनि फिट एण्ड फाईन छौं, जित त हाम्रै हो नि । हाम्रो तर्फबाट उहाँहरुले तिन गोल खाएपनि पुरै नर्भस हुनुहुन्छ अनि पाँच गोल त हान्छौं हान्छौं ।

धिरेन शाक्य – गोल भने ४–३ होला ।
म लास्ट डिफेन्स बाट खेल्नेछु, खेल निकै रोमान्चक हुने आशामा छु । प्रतिस्पर्धामा खेल्नुहुने युवा नेताहरु पनि धेरै राम्रो खेल्नुहुन्छ तर हाम्रो कलाकारको टिममा पनि एकसेएक राम्रो खेल खेल्ने कलाकारहरु हुनुहुन्छ । जित हाम्रो हुन्छ जस्तो लाग्छ । त्यस्तै गोल भने ४–३ होला जस्तो लाग्छ ।

Deepak raj giri
दिपकराज गिरी – १ करोड गोल हान्ने प्लान छ ।
आजको खेल निकै रोमाञ्कारी हुनेछ । गोलको कुरामा त करोड गोल हुन्छ नि । त्यो करोड गोल भनेको १ करोड रकम संकलन गर्ने अभियान हो । खेलमा त जित हार त पक्कै पनि हुन्छ । म त गोल हान्न सक्दिन किनकी स्टाईगरमा छैन । कलाकार र नेता दुबैमा जसले गोल हानेपनि, जसले जिते पनि जित त नेपाली कै हुन्छ ।

दिपा श्री निरौला – पेशा नभएपनि सहयोगका लागि कस्सिएका छौं ।
यो मैत्री पुर्ण फुटबल खेल हो । देशका बरिष्ठ नेताहरु फिल्डमा उत्रदै हुनुहुन्छ । न त उहाँहरुको त्यो पेशा नै हो, नत हामी कलाकारहरुको यो पेशा नै हो, तर एउटा नेपालीलाई परेको दुखमा सबैजना एकजुट भएर फुटबल खेल खेलेर रकम संकलन गर्दैछौं । पक्कै पनि धेरैले खेल हेर्दै मनोरञ्जन लिँदै सहयोग गर्नुहुनेछ भने अपेक्षा राखेकि छु । म त एकदम आतुर छु कतिखेर खेल सुरु होला र मैदान मा उत्रिउ भन्ने भैराछ ।

Deepa shree niraula

जितु नेपाल – एक्लैले २ गोलहान्न कस्सीएको छु ।
खेललाई मनोरञ्जन बनाउने हाम्रो दायित्व हो । म त सानोमा पनि स्कुल लेभलबाट खेल्दै आएको मान्छे हुँ, राम्रै खेल्छु भन्ने लागेको छु । अब सबैजना उत्तिकै मात्रा खेल्नसक्ने हुनुहुन्छ त्यसैले खेल निकै रोमाञ्कारी हुनेछ । म फरवार्डबाट खेल्नेछु । सकेसम्म मैले नै २ गोलहान्ने जमर्कोमा कस्सीएको छु ।

किरण केसी – पुर्व तयारीका साथ जुटेका छौ ।
पुर्व तयारीमै छौं चार पाँच दिन देखी नै । खेलमा जित कलाकारकै हुन्छ किनकी कलाकारहरुले निकै मेहनत गरेर पुर्व तयारी गरिरहनुभएको छ । हुन त नेता ज्यू हरु पनि राम्रो खेल्ने पनि हुनुहुन्छ तर पनि मेरो बिचारमा जित हात पार्ने कलाकारले नै हो । जे होस् जित जसको भएपनि सहयोग भनेको भुकम्प पिडितहरुको लागि हुनेछ । सबैजना आएर मनोरञ्जन लिएर सहयोग गर्न सक्नुहुनेछ ।

shiva hari

शिबहरी पौडेल – जित कलाकारकै हुन्छ
पहिला पनि खेलिसकेको खेल हो, नेताहरु कत्तिको खेल्न सक्नुुहुन्छ भन्ने देखिसकेका छौं । हुन त कुनै नेता राम्रो खेल्ने पनि हुनुहुन्छ । तर पनि हामी कलाकारहरु कै जित हुन्छ भन्ने लागको छ किनकी पहिला पनि जित्दै आएको हो । अहिले पनि अझ राम्रै सँग खेलेर जित्ने प्रयासमा जुटेका छौं । जे होस खेल प्रतिस्पर्धा नै हुन्छ जस्तो लागको छ ।

शंकर बिसी– म एक्लैले २ गोल हान्नेछु ।
आजको खेल निकै रमाईलो हुनेछ । हामी कलाकारहरुको बलियो टिम मैदानमा उत्रिने छ । नेताहरुमा पनि कोहि निकै राम्रो खेल खेल्नुहुन्छ । आज चाँहि म मेरो तर्फबाट २ गोलसम्म हान्ने प्लानमा कस्सिएको छु ।

दिनेश डिसी – अहिले पनि पुरानै नेताहरु हुनुहुन्छ, जित कलाकारकै हो ।
म खासै तयारीमा त छैन, अरु साथीहरुले राम्रै तयारी गर्नु भएको छ । मेरो नाममा पनि जर्सि बनेको छ । म पनि मैदानमा उत्रिने छु । पहिला पनि यसरी नै फुटबल आयोजना गरेका थियौं, कलाकार र नेता बिच निकै रमाईलो खेल भएको थियो । अब अहिले पनि पहिला खेलेकै नेताहरु हुनुहुन्छ त्यसैले नेताहरुले कस्तो खेल्नुहुन्छ भन्ने हामीलाई थाहा छ , कलाकारकै जित हुन्छ भन्ने मा विश्वस्त छु ।