शनिबार फुटबल ग्राउण्ड भित्र देखिएका सेल्फिहरु (फोटो फिचर)

...

जेठ, काठमाडौं । नेपालकै चर्चित कलाकारहरु र बरिष्ठ नेताहरु हलचोक स्थित शसस्त्र प्रहरीको खेलमैदानमा प्रवेश नगर्दै दर्शकहरु कलाकारहरुसँग तस्बिर खिचाउन निकै आतुर थिए । कलाकारहरु जर्सि लगाउदै ग्राउण्डमा अभ्यासमा निस्किँदै गर्दा दर्शकहरुले मौका छोप्दै तस्बिर खिचाईरहेका थिए । एकातिर शिर्ष नेताहरु हरियो जर्सिमा खेलमैदानमा उत्रिए त अर्कोतर्फ कलाकारहरु रातो जर्सिमा उत्रिए ।

karishma manandhar selfie / nepali artist mobile selfie

जब खेल सकिएको संकेत गर्दै रेफ्रिले सिठि फुके तब खेल मैदान भन्दा बाहिर बसेर हेरेका दर्शकहरु खेल मैदान भित्र छिर्न तछाडमछाड गरे र कलाकारहरुसँग फोटो खिच्न थाले । सधै टेलिभिजनका पर्दामा देखिएका चर्चित कलाकारहरुलाई एउटै ग्राउण्डमा आफ्नै आँखा अगाडि देख्दा दर्शकहरुमा खुसिको सिमा थिएन । मोबाईल निकाल्दै सेल्फि लिँदै गरेको दृश्यपनि प्रसस्तै देखियो । त्यसो त दर्शकमा मात्र नभएर कलाकारहरु आँफै पनि एकअर्कामा सेल्फि लिइरहेका थिए ।

यसैबिच आर्टिस्ट खबर डटकमले संकलन गरेका केहि सेल्फिहरु हामि तपाईलाई देखाउँदैछौं ।

priyanka karki and dinesh dc mobile selfie

hari bansa acharya selfie

selfie of karishma manandhar

dhayahang rai selfi

नयाँ पत्रिका राष्ट्रिय दैनिकले आयोजना गरेको उक्त मैत्रीपुर्ण फुटबल खेलमा कलाकारहरुले ० का बिरुद्ध नेताहरुलाई ३ गोलले जितेका थिए । फुटबल खेलबाट करिब १ करोड उठेको आयोजकले जनाएको छ । उक्त सम्पुर्ण रकम भुकम्प पिडितहरुका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा राखिने बताईएको छ ।