नाई नभन्नु ल को शिर्ष गितकी गायिका रजिनालाई भित्राए बिनोदले

...
जेठ, काठमाडौं ।
चर्चित चलचित्र नाई नभन्नु ल को शिर्ष गित गाएर चर्चामा आएकी गायिका रजिना रिमाल बिवाह बन्धनमा बाधिएकी छिन् । केहि समय अगाडि नै इन्गेजमेन्ट गरेकी रजिनाले मंगलबार काठमाण्डौको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोद श्रेष्ठसँग बिवाह गरेकी हुन् ।
Rajina Rimal
सांगितिक क्षेत्रमा करिब ३०० जति गित रेकर्ड गरेकी रजिना १२ वर्षको उमेर बाट नै गित संगितको क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनका परी र  रजिना गरी दुई एल्बम सार्वजनिक छ । उनले गाएका गित मध्ये सयौं जुनी पाउन, पानीको थोपा जस्तो,  छाती चर्किन थाल्छ चर्चित गित हुन् । बिवाहका कारण रजिना व्यस्त भएको कारण अहिले रेकडिंगमा समय दिन नसकेको बताएकी छिन् ।