जेठ २८, काठमाडौं । बिहिबार रातीपनि भुकम्पको कडा धक्का महसुस गरीएको छ । पछिल्लो समय धक्काहरु बिस्तारै कम हुँदै गएको बेला फेरी लामो समयपछि एकपटक कडा धक्का महसुस गरीएको छ । बिहिबार राती ९ः ५७ मा गएको भुकम्पमा पुनः मानिसहरु त्रासपुर्ण भएका छन् । सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
आजमात्र दुई वटा भुकम्पको धक्का महसुस गरीएको थियो । बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.६ रेक्टर स्केलको धक्का गएको थियो भने । मध्यान्ह १२ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर ४ रेक्टरस्केलको धक्का महसुस गरीएको थियो । पछिल्लो समय भुकम्का धक्का बिस्तारै कम हुँदै गएका छन् ।