अमेरीकाबाट फर्केका सरोज फिल्म क्षेत्रमा सक्रिय हुदै

...

Saroj Khanal

जेठ, काठमाडौं ।
लामो समय अमेरीका बसेर फर्किएका नायक सरोज खनाल अब फिल्म क्षेत्रमा सक्रिय हुने भएका छन् । १७ बर्ष अघि परिवारसहित अमेरीका गएका खनालले त्यो बेला आफ्नो करिअर बनाउन गएको बताएका थिए । तर अब नेपालमै बस्ने निर्णयका साथ फर्किएका छन् ।

उनी श्रीमति सूर्यमाला र कान्छो छोरा सहित नेपाल फर्किएका हुन् । खनालका जेठा छोरा यूएस आर्मीका जागीरे छन् । जेठो छोरा पनि ७ वर्षपछि मात्रै नेपाल आउने बताए । त्यस्तै कान्छो छोरालाई नेपालमै काम गराउने योजना भएको बताएका छन् ।

गएको बैशाख १२ गतेको भुकम्पमा परी जनधनको क्षतिको कारण पिरमा परेका पिडितहरुलाई खनालले करिब २० लाख बराबरको राहत समेत बितरण गरेका थिए । चितवनका बासिन्दा रहेका खनाल अब भने बालुवाटारमै बसाई सर्ने भएका छन् ।

नायक शिब श्रेष्ठ तथा भुवन केसी का समकक्षी नायक सरोज खनालले दर्जनौं चलचित्रमा अभिनय गरीसकेका छन् ।