शंकर बिसीले मनाए बलिउडका नायक नायिका संग जन्मदिन

...

जेठ, काठमाडौं ।  मोडल तथा म्युजीक भिडियो निर्देशक  शंकर बिसीले आफ्नो जन्मदिन मनाएका छन् । नेपाली गित संगित क्षेत्रमा अत्यधिक मोडलीङ र निर्देशन गरेका शंकर बिसीले आफ्नो ३६ औं जन्मदिन भारतमा मनाएका हुन् । सन् १९७९ जुन १४ मा नेपालगन्जमा जन्मिएका शंकरले नेपाली गित संगितमा प्रवेश गरेको २० बर्ष पुगेको र आजसम्म आफुलाई यहासम्म आईपुग्नुमा माया गर्ने दर्शक तथा स्रोताको हात भएकोले धन्यवाद दिन चाहेको बताए ।

Shankar bc - happy birth day celebration

पछिल्लो समय भारतीय फिल्म ‘लभ लाईफ लस्ट’को गितको कोरियोग्राफ गर्नमा व्यस्त रहेका शंकरले उक्त फिल्म युनिटसंग नै आईतबार आफ्नो जन्मदिन मनाए । संजोग बस आफुले नृत्य सिकाईरहेको उक्त फिल्मका नायक अरहान खान र नायिका रानी अग्रवालको पनि एकैदिन जन्मदिन परेकोले आफुहरु तिनजना नै एकैठाउँ जन्मदिन मनाएको बताए ।

shankar bc in bollywod movie

कोरियोग्राफि शंकर बिसीले आर्टिस्ट खबर संग कुरा गर्दै भने, “प्रत्येक बर्ष आफ्नो जन्मदिन साथीभाईहरु संग काठमाडौंमै मनाएको थिए तर अहिले बलिउडको फिल्ममा व्यस्त भएको कारण साथीभाईहरु संग बस्न रमाईलो गर्न पाईएन, सबै साथीभाईहरुलाई धेरै धेरै मिस गरेको छु ।” शंकरले आफुलाई यहा संम्म ल्याउनमा सहयोग गर्नुहुने आफ्नो माता पिता तथा गुरु वर्गलाई पनि सम्झिए ।

 

त्यसतै गरी शंकरका काठमाडौंका केहि निकट साथीभाईहरुले आर्टिस्ट खबर डटकम मार्फट पनि शुभकामना व्यक्त गरेका छन् । गायक तथा संगितकार रमेशराज भट्टराईले हामिसंग कुरा गर्दै जन्मदिनको लाखौं लाख शुभकामना व्यस्त गरेका छन् साथै बलिउड फिल्ममा प्रवेश गरेकोमा शुभकामना समेत दिएका छन् । त्यस्तै मोडल दिपाशा बिसीले पनि “ह्याप्पी बर्ड डे दादा” भन्दै म्यासेज छोडेकी छिन् भने अर्का नजिकका मित्र मोडल महेन्द्र गौतमले पनि जन्मदिनको शुभकामना व्यस्त गरेका छन् । साथै शंकरको जन्मदिनको उपलक्ष्यमा सामाजिक सञ्जालका भित्तँहरुमा बिभिन्न अन्य क्षेत्रका कलाकारहरुले पनि शुभकामना व्यक्त गरेका छन् ।

 

शंकरले करिब ७० वटा नेपाली फिल्ममा कोरल डान्स गरीसकेका छन् भने त्यस्तै नृत्य निर्देशन पनि उत्तिकै मात्रामा गरेका छन् । शंकरले अहिलेसम्म कै सबैभन्दा धेरै म्युजीक भिडियोमा नृत्यु गरेर गिनिज बुक अफ दि वर्डमा नाम लेखाउने प्रक्रियामा पनि छन् ।

 

शंकर बिसीले निर्देशन गर्दै गरेका बलिउड फिल्मका गितका केहि दृश्य हेरौं ।