
काठमाडौँ । विवाह गर्दा मण्डपमा सात जुुनी सम्म एक अर्काको जोडी हुन पाईयोस् भनेर कसम खाईन्छ । र कसैले पनि मेरो डिभोर्ष होला भनेर विवाह गदैन । तर कतिपयको दुुर्भाग्य यस्तो भईदिन्छ की विवाह गरेको एकदमै छोटो समयमै डिभोर्ष हुन्छ । आज हामी यस्तै विवाह भएको वर्षदिन पनि हुन नपाउँदै अलग भएका केहि कलाकार जोडिहरुको विषयमा बताउँछौ ।
सुरुमै कुरा गरौ तत्कालकै ताजा घटनाबाट । कुरा हो गायीका एलीना चौहान र गायक समेत रहेका बिष्णु सापकोटाको जोडिको । यो जोडिको गत बैशाखमा मात्रै प्रेम विवाह भएको हो । प्रेम सम्बन्धमा रहदैगर्दा नै यो जोडीको ब्रेकअपको खबरले बजार तताई रहन्थ्यो तर अन्तत विवाह भएपछि माहोल हान्त भयो । तर एलीनाक दुुर्भाग्य भन्नुपर्छ आफुले मन पराएको व्यक्ति जीवनसाथी त बनाईन् तर जीवनभरको साथी भने बन्न सकेनन् । स्वयम् एलीनाले नै सम्बन्धविच्दको मुद्धा दर्ता गराउनुप¥यो । गत वैशााखमा विवाह भएको यो जोडीले विवाहको वार्षीक उत्सव समेत मनाउन पाएन । जतिसम्म समचार बाहीरीएका छन् सोही अनुरुप भन्नुपर्दा एलीना घरेलुुहिसामा समेत परेकी रहिछन् । यो जाडी डिभोर्षको थप प्रोसेस भने बाकी नै छ । कामना गरौ यो जोडिको पुुनरमिलन होस् ।
अब कुरा गरौ अभिनेत्री वर्षा शीवाकोटिको । अभिनेत्री वर्षा सिवाकोटीले २०७९ सालमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंबाटै वर्षाले विवाह गरेकी हुन् । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा पनि थिए । उनका पुुर्वपति आशिष अमेरिकामा इन्जिनियर थीए । तर दुुखको कुरा उनको पनि विवाह भएको एक वर्ष बित्न नपाउँदै डिभोर्ष भयो । विवाह लगतै श्रीमान् आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्कोलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै बहस भएको थियो ।
उनका श्रीमान् आशिष गेलालले त लगत्तै अर्को विवाह पनि गरे । यता वर्षा भने रुमलीरहेकी छीन् । पछिल्लो समय उनी चलचीत्र क्षेत्रमा पनि त्यति सक्रीय देखीन्न् । ‘नाइँ नभन्नु ल २’बाट आफ्नो फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना , लक्काजवान लगायतका फिल्ममा अभिनय गरेकी छन् ।