काठमाडौँ। केकी अधिकारी परिवारको आँखा छल्दै नायिका बनेकी हुन्। उनका बुवा बद्री अधिकारी फिल्म निर्देशक हुन् । तर केकी परिवार सँग लुकेरै कलकारितामा लागिन् । बुबासँग लुक्दै–छिप्दै रङ्गमञ्चमा प्रवेश गरेकी केकीले फिल्म खेल्ने निर्णय लिँदा बुबा–आमासँग बोलचाल समेत बन्द भएको थियो । पढाइमा उत्कृष्ट केकी एमबिबिएस पढ्ने तयारी गदै गरेकी कलकारितातर्फ मोडिइन् ।
म्युजिक भिडियो हुँदै फिल्ममा आएकी केकी बौद्धिक न्यायीकाका रुपमा चिनिन्छिन् । पढाइमा उत्कृष्ट उनीले फिल्म क्षेत्रमा भने धेरै सङ्घर्ष गरेकी छन् । एक टेलिभिजन कार्यक्रममा भाग लिएर सुरु भएको उनको कलकारीता म्युजिक भिडियो,फिल्म हुँदै निर्मात्री सम्म आईपुगेको छ । केकीको दोस्रो म्युजिक भिडियो अन्जु पन्तको स्वर भएको ‘आहा, वनमा फुल्यो फूलै फूल’ हिट भयो । त्यसपछि भने उनी मेकरको नजरमा परिन् । मिडिया क्षेत्रमा ठुलै चर्चा भयो । र पछि फर्केर हेर्नु परेन ।

केकीले खेलेको पहिलो फिल्म ‘स्वर’ सन् २०१० मा प्रदर्शनमा आयो । बुबासँगको प्रतिबद्धता अनुसार पढाइ र फिल्मी करिअर दुबैलाई राम्रोसँग अगाडि बढाएकी केकीले १३ वर्षको अवधिमा दर्जनौँ हिट फिल्म दिएकी छन् । यसबिचमा उनले एमबिएसमेत उत्तीर्ण गरिन् । सन् २०२२ मा विवाह बन्धनमा बाँधिएकी छिन् । उनले निर्माण गरेको पछिल्लो चलचित्र बोक्सीको घर सुपरहीट भयो ।








२२ श्रावण २०८२, बिहीबार ०९:४२ 








