काठमाडौँ। फिल्म ‘काजी’को छायांकन सुरु भएको छ। शुभमुहूर्तसँगै स्याङ्जामा आजबाट सुटिङ सुरु भएको हो। लक्ष्मण रिजालको निर्देशन रहेको यस लभस्टोरी फिल्ममा विपिन कार्की र केकी अधिकारी सहित गरिमा शर्मालगायतका अभिनय छ। अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ।
आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको निर्माता सोसलराम प्रसाद रिजाल हुन्। यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।
यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको छ।







८ भाद्र २०८२, आईतवार १८:२० 








