चलचित्र ‘रिमै’ को अग्रीम टिकट बुकिङ खुल्ला

...

काठमाडौं । भोलि अर्थात् शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।हिजो बुधवार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीवार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्मले देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो तथा मोफसलमा १८ शो उपलब्ध गराएको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।