काठमाडौँ। फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण पक्षले युट्युबमार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ ।
प्रकाश सपुत र उपासना सिंह ठकुरीबीचको प्रेममा धिरज मगरको प्रवेशपश्चात आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। केदार घिमिरेको भूमिका रमाइलो रहेको उनका संवादबाट बुझन् सकिन्छ।
मिलन तामाङ निर्देशित फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । निर्मातामा रविन शेरचन र धीरज तामाङ छन् । यो फिल्म दशैं फूलपाती अवसरमा १३ असोजमा प्रदर्शन तयारीमा छ ।







२ आश्विन २०८२, बिहीबार १८:१० 








