‘चट्ट रुमाल’लाई गालीको बर्षात,आक्रोशित हुदैँ गायिका मेलिनाले लेखिन् यस्तो स्टाटस

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झना दिने चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश चर्चित ‘चट्ट रुमाल’ बोलको गीतलाई अहिले रिमेक गरेर चलचित्र ‘यात्रा’ मा समावेश गरिएको छ । उक्त गीतले हाल निकै चर्चामा बटुलिरहेको छ । गीतले दर्शकको सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया पाईराखेको छ । धमेन्द्र सेवान र मेलिना राइको स्वर रहेको यस रिमेक भर्जनलाई पुरानो बिगारेर सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् भने कतिपय दर्शकले गीतलाई खुब रुचाएका छन् । राजन इशानले गीतको रिएरेन्ज गरेको यो गीत सुनेपछि दर्शक श्रोताले गायक गायिका माथी औला उठाएका छन् ।

युटुबमा राम्रो भ्यूज प्राप्त गर्दै हाल ट्रेन्डिङ ५ मा रहेको यसगीतको कमेन्टमा  दर्शक श्रोताको ताली भन्दा बढी गाली पाएपछि गायिका मेलिना राइले फेसबुकमा असन्तुष्टि जनक स्टाटस लेखेकी छिन् । उनले आक्रशित हुदैँ उ जमानामै लेजेन्डले गाएको गीत त्यही माथी सुपरहिट गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैमा चुनौतीको बिषय बताउँदै स्टाटसमा लेखेकी छिन् । आफुले मिहिनेत गरेअनुसार ताली पाउँने अपेक्षा रखेकी उनले गाली पाएपछि रिस पोख्दै  स्टाटसमा लेखेकी हुन् ।

उनको फेसबुकमा स्टाटस यस प्रकार रहेको छ :

मेलिनाले स्टाटसमार्फत कसलाई गाली गरेकी हुन त ?‘यात्रा’ टिम या ‘चट्ट रुमाल’ लाई  रिएरेन्ज गरेका राजन इशानलाई ? उनले टिम वा नाम तोकेकी छैनन् । तर उनले आफु फस्ने डरले ब्यक्ति वा टिम नतोकेपनि उनको यो स्टाटसले पुरा चलचित्र टिमलाई लक्षित गरेको अनुमान गर्न सकिन्छ ।

प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा बनेको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा रहेका छन् । बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सम्राट शाक्यले  निर्देशन गरेको यस चलचित्रका कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने ,प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् । कविराज गहतराजको कोरियोग्राफी,हिमाल केसीको द्वन्द ,बनिश शाहको सम्पादन रहेको यस चलचित्रको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।